Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकुतियाकवरवासी भन्दछन्: ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’

कुतियाकवरवासी भन्दछन्: ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’


दोधारा चाँदनी । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन् । “गत वर्ष बाढीले बेसार खेती र तरकारी खेती पुरियो”, उनले भनिन्, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गइसके ।” यहाँ ४९ परिवारको बसोबास छ ।

यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । “हामीले यहाँ डरैडरमा बाँच्नुपरेको छ”, स्थानीय वसन्ती सुनारले भन्नुभयो, “हाम्रो बस्ती नै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो ।” बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको उनको बताइन्।

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ । तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले बताइन् । स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाँ समस्या हुने गरेको बताइन् । । “हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ”, सुनारले भन्नुभयो, “बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निद्रा लाग्दैन ।” उनले जोगबुढा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताइन्।

यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न सङ्घसंस्थाले जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धारलगायतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरेका छन् ।

बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लुए र निड्स नेपाललगायतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए । “नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो”, उनले भने, “यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT