Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ

काठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ


काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ ।

महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएका र मैला देखिएका ठाउँहरूको सफाइ गर्ने गरिएको महानगरले जनाएको छ ।

यस्तै महानगरले बितेका २ महिनामा ४ वटा पोखरीको पुनरुत्थान र सौन्दर्यीकरण गरिएको महानगरले जनाएको छ । पुनरुत्थान र सौन्दर्यीकरणका लागि झन्डै ३२ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरका अनुसार ७ वटा ठाउँका ढुङ्गेधाराहरू मर्मत तथा पुनर्निर्माणका लागि सम्झौता चरणमा छन् । यस्तै नापी नक्सा तथा मालपोत स्रेस्ताबाट धाराको क्षेत्रफल यकिन गरेर साविक क्षेत्रफलबाट मिचिएको जग्गा फिर्ता लिने प्रयास भइरहेको महानगरले जनाएको छ ।

ऐतिहासिक लुहिटी (सुन्धारा) केन्द्र सरकारको कार्यक्रमअन्तर्गत परेका कारण प्रक्रिया अघि बढाउन नसकेको महानगरको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT