गृहपृष्ठ ∕
नेपाल ∕
न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगित न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगित
काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि आयोजना गर्न लागिएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।
नेपाली समुदायले विरोध गर्न लागेको सूचना पाएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायले दिएको सुझावलाई ध्यानमा राखेर आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
साथै प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन बैठकहरुमा व्यस्त भएको पनि जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै