Techie IT
२०८१ पुस १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालश्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन


काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ ।

सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले नभेटेपछि शैक्षिक योग्यता नपुग्ने देखिएको हो ।

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् ।

उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।
निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।

भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर

शेरा दरबारको अध्ययन भइरहेको छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेरा दरबारको गम्भिरताका साथ अध्ययन भइरहेकाले सरकारलाई धन्यवाद दिन

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको हो

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा

Techie IT