Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीसोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु


काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा (परेवा) तिथिको श्राद्ध गरेपछि सोह्र श्राद्ध शुरु हुन्छ । आज पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत भएका पितृलाई श्रद्धा गर्दै तर्पण, पिण्डदान र सिदादान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो अवधिलाई अपर, प्रेत पक्ष आदि पनि भन्ने गरिन्छ ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ । कुनै कारणवश तिथिमै श्राद्ध गर्न नसके पितृ पक्षको अन्तिम दिन ‍‍आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने धर्मशास्त्रविद् बताउँछन् । यो समयमा पनि सोह्र श्राद्ध गर्न अडकिए कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ ।

पितृ पक्षमा पितृले आश गरेर बस्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्दा पितृप्रति गर्नुपर्ने श्रद्धा हुने र पितृऋणबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको छ ।

सोह्र श्राद्धमा बुबा तर्फका तीन र आमा तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ । यो श्राद्ध अपराह्नकालमा गर्ने विधान रहेको धर्मशास्त्रमा उल्लेख छ ।

पितृ पक्ष सकिनासाथै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृलाई तृप्त पार्न सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT