Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थटोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न


काठमाडौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ। यही भाद्र २९ गते शनिबार काठमाडौँको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब ३०० सदस्यहरू उपस्थित रहेका थिए । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए ।

‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।

टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तित्वलाई उनको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी भुषण दाहाललाई प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर तथा हिन्दू पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण थिए ।

कार्यक्रमको सफलताबारे बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भनिन्, ‘यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदाय बीचको एकताको भावनालाई प्रस्तुत गरेको छ। हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १०० वटा टोस्टमास्टर्स क्लब पु¥याउने लक्ष्य हामीले राखेका छौँ ।’

त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रैसदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामुहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।

यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैं नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमहरुप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

Techie IT