Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थवैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारी

वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारी


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको बताए । ‘हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ,’ उनले भने ।

यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उनले बताए । ‘यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौ, हामी नेपाल र जापानबीच पुल निर्माण गरिरहेका छौँ, प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजिकरण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ, यसले विशेष गरी हाम्रो द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ’, मन्त्री भण्डारीले भने ।

आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीइओ) सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइजीसीका अध्यक्ष लामाले आजको कार्यक्रम केवल सम्झौता पत्रमा हस्ताक्षरको मात्र नभई नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताए । केइरिनकनका अध्यक्ष तथा सीईओ सतोशी सातोले यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT