गृहपृष्ठ ∕
नेपाल ∕
पूर्वराजा शाह र राप्रपाका अध्यक्ष लिङ्देनबिच झापामा भेटवार्ता पूर्वराजा शाह र राप्रपाका अध्यक्ष लिङ्देनबिच झापामा भेटवार्ता
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ । दमकस्थित हिमालयन चिया बगानमा पुगेर राप्रपा अध्यक्ष लिङ्देनले पूर्वराजा शाहलाई भेटेका हुन् ।
लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ ।
अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए ।
कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको, संविधान संशोधनको विषय उठ्न थालेको र देशमा आन्दोलनको माहौल बन्दै गएको सन्दर्भमा राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको दल राप्रपाका अध्यक्ष र पूर्व राजाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राप्रपाले राजसंस्था पुनःस्थापनाका अलावा हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।