Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’

‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’


काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेको बताए ।

उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा मैले रिर्सोट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ । उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । उनले भने ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर पाइँन । सधैँ अरुको भर्याङ हुनु भन्दा कुनै व्यवसाय गरेर आफु सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर ब्यवसाय थालेको हुँ ।

थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका हुन् । त्यसकारण उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाइ छन् । जसले करिव २०० लिटर दैनिक दुध दिइरहेका छन् । बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौ हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्कि र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुइ पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ ।

करिव २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिटट्ै उद्घाटन गर्ने लक्ष्य बनाएका माधब थापाले रिर्सोट निर्माणको काम करिव सक्किएको पनि बताए । रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उदघाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।

पारिवारीक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दुध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खशि जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिर्सोटमा रहेको उनले बताए । त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफनो रिर्सोटमा पाइने उनले बताए । उदघाटन नएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको ब्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफनो रिर्सोटमा ८–१ण् जनाले रोजगारी पनि पाएको थापाले बताए ।

साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत बनाइने उनले सुनाए ।
अहिलेको राजनीति घृणित भएको, नेताहरु भष्ट्राचारमा लागेको र आफुहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जिवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने थापाले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT