गृहपृष्ठ ∕ नेपाल ∕ कोलकाता पुर्याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउकोलकाता पुर्याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ नेपालीपत्र बुधबार, २०८१ भदौ १२ गते, १३:४७ मा प्रकाशित नेपाल काठमाडौँ । विभिन्न प्रलोभनमा पारी भारतको कोलकाता पुर्याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् ।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडितको उजुरीपछि दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका– ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका– २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान छन् ।उनीहरुले आर्थिक अवस्था कमजोर भएका २८ वर्षीय एक पुरुषलाई १० लाख रुपैयाँको प्रलोभन देखाएर भारत पुर्याई मृगौला झिकेको पाइएको छ ।प्रहरीका अनुसार गिरोहले पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौँबाट वीरगञ्ज हुँदै भारतको कोलकाता पुर्याएका थिए ।दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । #कोलकाता #मिर्गौलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरूधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal