Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालअहिलेको सरकारले घुस नखाने प्रधानमन्त्रीको प्रतिवद्धता

अहिलेको सरकारले घुस नखाने प्रधानमन्त्रीको प्रतिवद्धता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने प्रतिवद्धता जनाएका छन् ।

नेपाल प्रहरी परिसर भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाएका हुन् । प्रहरी कर्मचारीलाई सरुवा बढुवाका लागि पैसाका थैली बोकेर नेताहरुका घरघरमा नधाउन समेत उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले काठमाडौँ प्रहरी परिसर नयाँ अत्याधुनिक भवनमा सरेकोमा धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए । साथै उनले निष्पक्ष र दबाबरहित भएर कर्तव्य पालन गर्न आग्रह गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले अपराध हुन नदिन छानबिन र अनुसन्धानलाई अझ महत्व दिनुपर्ने बताए । साथै उनले अब पुरानो शैलीबाट अपराध नियन्त्रण गर्न नसकिने बताए ।

‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईँहरूलाई सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाइँहरूको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ । अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भयो भने अपराधीको मानसिकता फैलिँदैन ।’ प्रधानमन्त्री ओलीले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT