गृहपृष्ठ ∕
नेपाल ∕
गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष रहेको पुष्टि गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष रहेको पुष्टि
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।
भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको ज्यान गएको हो । स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ । ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ ।
ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।
घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर आगजनीको प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक