जनताका गुनासो सुन्न कोसीमा ‘हेल्लो सीएम’
विराटनगर । कोसी प्रदेश सरकारले जनताका गुनासो सुन्न बिहीबारदेखि ‘हेल्लो सीएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुआत गरेका हुन् ।
२४ सै घण्टा जनताका गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सुशासन ऐन, २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको र यसबाट शासकीय सुधारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । “सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन कार्यक्रम महत्त्वपूर्ण हुनेछ,” उनले भने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सीएम सञ्चालनमा ल्याइएको बताइएको छ । कोसी प्रदेश सरकारसँगका गुनासो वा अरू सहयोगका निम्ति टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक