गृहपृष्ठ ∕ नेपाल ∕ प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारितप्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित नेपालीपत्र बुधबार, २०८१ साउन ३० गते, १७:४८ मा प्रकाशित नेपाल काठमाडौँ । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ पारित भएको छ ।बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए । त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए ।सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल हुनेछ । त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ । राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ । #प्रतिनिधि सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्तकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवालीकाठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर शेरा दरबारको अध्ययन भइरहेको छः गृहमन्त्रीकाठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेरा दरबारको गम्भिरताका साथ अध्ययन भइरहेकाले सरकारलाई धन्यवाद दिन काठमाडौँमा भूकम्पको धक्काकाठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको हो प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्तकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधाराधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ४ ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि ५ जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ ६ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित ७ चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिकThe Film Nepal