Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबेचन झाविरुद्ध मुद्दा दायर

बेचन झाविरुद्ध मुद्दा दायर


काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डाैमा झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

प्रहरीले झालाई गएको असार १४ गते पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो । केसीले आफूलाई यस प्रकरणका मुख्य व्यक्ति सानु भण्डारीले मन्त्रिपरिषदबाट निर्णय गराउनका लागि झाले रकम माग गरेको भन्ने बयान दिएका थिए ।

यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडाैँले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन । बेचन झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बताएका छन् । झाले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन् ।

त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT