Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य: राष्ट्रपति पौडेल

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य: राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

‘दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ, हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन’, राष्ट्रपति पौडेलले भने ।

उनले सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेश अनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे । राज्यको सर्वाङ्गिण विकासमा युवाको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्णउपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’ उनले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्न २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गरे ।

नवौँ पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनावद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको राष्ट्रपति पौडेलले उल्लेख गरे । विसं २०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति, २०६६ जारी गरिएको थियो । पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भएको थियो । राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।’

युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका संवाहक र राष्ट्रको अमूल्य सम्पत्ति रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । सोही कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताए । यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवसले पनि यीनै दुई कुरालाई जोड दिएको उनको भनाइ थियो ।

‘आजको विश्व परिवेशमा डिजिटल पुर्वाधारसँगै हाम्रो समाज र दैनिक जीवन द्रुत गतिमा परिवर्तन भइरहेको छ, दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयासमा डिजिटल रुपान्तरणको महत्वलाई स्वीकार्दै प्राविधिक जनशक्ति निर्माण र जलवायु परिवर्तनको अवस्थासमेतलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेछ’, मन्त्री चौधरीले भने । युवालाई शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत आवश्यकता उपलब्ध गराई मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने कुरामा प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासिय संयोजक हाना सिंगर हम्दीले विश्वभरका युवालाई जोड्ने उद्देश्यले आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘समिट अफ दि फ्युचर’का लागि यो सम्मेलनमा उठान हुने विषय र जारी हुने घोषणापत्र महत्वपूर्ण रहेको बताए । जलवायु परिवर्तनका मुद्दा र दिगो विकासका लागि युवाले अग्रपङ्क्तिमा रहेर वकालत गर्नुपर्नेमा उनले जोड दिए ।

सीप र प्रविधि विकासमा लगानीसँगै लैंगिक समानता र जलवायु परिवर्तनका मुद्दामा गम्भीर हुन उनले आग्रह गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले युवालाई प्रवर्दन गर्ने सरकारको नीति तथा कार्यक्रम हुने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र मुख्यगरी आन्तरिक रोजगारी सिर्जनामा समस्या भएको बताइन् ।

‘युवाहरुभित्र सम्भावना, जोश जाँगर र सिर्जनशीलता छ तर, नेपालको मुख्य चुनौती रोजगारी सिर्जना हो, रोजगारीबाटै समृद्धि हासिल हुन्छ’, उनले भनिन्, ‘युवाले आजका लगि मात्र नभई भविष्यका लागि पनि सोच्नुपर्ने बेला छ, इतिहासबाट सिकेका कुराबाट वर्तमानमा कर्म गर्ने र त्यसबाट न्यायपूर्ण समाज निर्माण गरी दिगो भविष्य निर्धारण गर्नेतर्फ हामी लक्षित हुनुपर्छ ।’

युवालाई मुलुकको सम्पत्तिका रुपमा लिइनुपर्ने उल्लेख गर्दै उपप्रमुख डंगोलले पछिल्लो समय युवाको राजनीतिमा सकृयताले आशाको बिम्ब देखाएको बताइन् ।– रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन्

नेशनल डे कन्सर्टमा क्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका…

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा भएको ‘नेशनल डे कन्सर्ट’मा पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन् ।

दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडाैँ ल्याउने तयारी

काठमाडाैँ । काठमाडाैँका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन

Techie IT