Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घट्यो


काठमाडौँ । काठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ वटा दुर्घटना हुँदा एक सय ९१ जनाको ज्यान गएको थियो । तर गएको आर्थिक वर्षमा आठ हजार आठ सय ८१ वटा गाडी दुर्घटना हुँदा एक सय ७७ जनाको ज्यान गएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT