गृहपृष्ठ ∕
नेपाल ∕
एक सातालाई पर्यटनमन्त्रीका कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित हुने एक सातालाई पर्यटनमन्त्रीका कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित हुने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ ।
१५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरीबाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो अवधिमा यसै विषयमा केन्द्रित भएर सम्बन्धित निकायलाई परिचालन गरिनेछ ।
साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा सुरक्षाका लागि सुझाव पनि मागेको छ । सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।
बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी