Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा

सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा


काठमाडौँ । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रमुखबाट एआइजी श्यामलाल ज्ञवालीलाई हटाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उनी चार महिनाअघि मात्र सीआइबीमा सरुवा भएका थिए । सहकारी ठगी र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा ज्ञवालीलाई प्रहरीले छानबिन गरिरहेको छ ।

यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ । यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको र हिजो एआइजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।

रकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उनलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको जानकारी दिए ।

यस्तै सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उनले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT