Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्काउटलाई ७५३ पालिकामै पुर्‍याउनुपर्छः मन्त्री चौधरी

स्काउटलाई ७५३ पालिकामै पुर्‍याउनुपर्छः मन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’

उनले देश संघीय संघरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए । ‘स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’ उनले भने ।

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्‍यक्त गरे । उनले भने, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ । विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ।’

स्काउटले प्राकृतिक प्रोकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्‍दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए । ‘स्काउट अहिले ७ दशमा पार गरिसकेको छ । चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ,’ उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’

उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT