गृहपृष्ठ ∕
नेपाल ∕
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा काँग्रेस–एमालेको नयाँ समीकरण बनेपछि कर्णालीमा माओवादीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभगी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । ४० सदस्यीय कर्णालीे प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा काँग्रेस र एमाले जोड्दा स्पष्ट बहुमत देखिन्छ ।
कर्णाली प्रदेशमा काँग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् भने माओवादी केन्द्रका १३ तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना सांसद रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै