गृहपृष्ठ ∕
नेपाल ∕
अबका केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना अबका केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना
काठमाडौँ । अबका केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । गएराति पनि काठमाडौँ उपत्यकासहित वागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको थियो । आउँदो बुधबारसम्म नै विभिन्न ठाउँमा राति मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।
उनका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिविधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताए ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यसैबीच सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा धेरै वर्षा भएकोले मेलम्ची, इन्द्रावती लगायत आसपासमा नदी तटीय क्षेत्रमा दिउँसोसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा