गृहपृष्ठ ∕ नेपाल ∕ दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजादोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा नेपालीपत्र शुक्रबार, २०८१ साउन ११ गते, १६:२२ मा प्रकाशित नेपाल काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन् । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो ।केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो । भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रही आएको जानकारी पनि गराइएको थियो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो । #रामचन्द्र पौडेल #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महतकाठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिह्न’ प्रदानकाठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ । मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखकधनगढी। गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन कैलालीले कैलालीको धनगढीमाधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal