Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदेशभर डेंगी संक्रमितको संख्या १८ सय नाघ्यो

देशभर डेंगी संक्रमितको संख्या १८ सय नाघ्यो


काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या १ हजार ८०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई २२ सम्म १ हजार ८२५ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

तीमध्ये जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन् । यो वर्ष (२०२४) डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT