गृहपृष्ठ ∕
नेपाल ∕
चोरी गर्न लागेको आरोपमा भारतमा चार नेपाली पक्राउ चोरी गर्न लागेको आरोपमा भारतमा चार नेपाली पक्राउ

प्रतीकात्मक तस्बिर
बेंगालुरु । चोरी गर्न लागेको आरोपमा भारतमा चार नेपाली पक्राउ परेका छन् । भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चारजना पक्राउ परेका हुन् ।
उनीहरु सबै नेपालका भएको जनाइएको छ । पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ ।
उनीहरु राति १ः१५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए ।
गत जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेकोमा उनीहरुको साथबाट चार किलो चाँदी, ल्यापटप र मोबाइल फोन बरामद गरिएको जनाइएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन