गृहपृष्ठ ∕
नेपाल ∕
वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार
काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८, २९ र ३० तारिखको दिन कलेज हातामा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरुले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ । अनलाईन फर्म कलेजको सामाजिक संजालहरुमा उपलब्ध छन् ।
प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि बिभिन्न चरणका खेलहरु हुनेछ । प्रतियोगिताको गेमिङ पार्टनर टेनेट्स रहेको छ ।
विजेताहरुले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरुले कलेजमा आकर्षक छात्रावृत्ति समेत प्राप्त गर्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक