गृहपृष्ठ ∕
नेपाल ∕
काठमाडौँमा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान काठमाडौँमा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान
काठमाडौँ । सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौँमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौँ उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले बुधबार ९ गतेदेखि शनिबार १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको छ । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरघरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ । नियमित खोप लिएकाले पनि अनिवार्य यो खोप लिनुपर्ने शाखाले जनाएको छ ।
सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । काठमाडौँमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएपछि खोप दिन लागिएको हो । टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक