गृहपृष्ठ ∕
नेपाल ∕
न्युराेडमा फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ ले आज पनि सडकबाटै सेवा दियाे न्युराेडमा फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ ले आज पनि सडकबाटै सेवा दियाे
काठमाडौँ । काठमाडौँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिइरहेको छ ।
हिजोदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले सडकमा पाल टाँगेर वडाको काम गर्न थालेका हुन् । वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्ने महर्जनले बताए ।
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा फुटपाथ विस्तार गर्न शुरु गरेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका छन् ।
तर महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीले विगतमा गाडी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको जानकारी दिए । आयोगका उपाध्यक्ष राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरीत काम नभएको दाबी गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक