Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबागलुङमा २ लाख १६ हजार पशुलाई लगाइयो खोप

बागलुङमा २ लाख १६ हजार पशुलाई लगाइयो खोप


ढोरपाटन (बागलुङ) । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो ।

पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार एक लाख १७ हजार पाँच सय ६७ भेडाबाख्रा र दुई हजार एक सय १० बुङ्गुरमा खोप लगाइएको छ ।

यस्तै, २१ हजार पाँच सय ४६ गाईगोरु, ४९ हजार नौ सय ४६ भैँसीराँगा, नौ हजार सात सय ५० कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकारी केशवराज शर्माले जानकारी दिए । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपिआर र स्वाइन फिभरलगायत खोप लगाइएको उनको भनाइ छ । विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल गरी स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने शर्माले जानकारी दिए ।

केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५र१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । जिल्लाका दूरदराजसम्म पुगेर प्राविधिकले पशुचौपायालाई खोप लगाउनुपर्ने हुँदा गत माघबाट खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

उनले भने, “खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै वडामा ८५ जना प्राविधिक खटाएका थियौँ, उनिहरुले किसानका गोठसम्मै पुगेर पशुचौपायालाई खोप लगाएका थिए । अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने किसानहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी भए, गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण किसानले धेरै नोक्सानी ब्यहोर्नु परेको थियो ।”

खोप अभियान सञ्चालनका लागि सरकारले रु एक करोड ४० लाख बजेट विनयोजन गरेकामा रु एक करोड १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । उनले पछिल्लो समय किसानमा पशुचौपायलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको वृद्धि भएको बताए ।

पहिले गोठमै गएर खोप लगाउन आग्रह गर्दा पनि नमान्ने किसान अहिले पशु नै लिएर भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताए । यस वर्ष खोप अभियान निकै प्रभावकारी भएको उनि बताउछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT