गृहपृष्ठ ∕
नेपाल ∕
इन्स्पेक्टर श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन इन्स्पेक्टर श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना जारी गर्दै स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी ठेगानामा खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख( (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने समेत गृहले चेतावनी दिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको