गृहपृष्ठ ∕
नेपाल ∕
रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी
चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका छन् ।
प्रहरीका अनुसार स्थानीय बासिन्दाले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो ।
प्रहरीका अनुसार कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएका थिए । सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो । आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २र३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।
पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू