काठमाडौँ । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।
ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल (बीज) राखिएको थियो भने त्यही दलबाट बाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीको दिन सार्ने गरिन्छ । यस बिरुवालाई भगवान् विष्णु र विष्णुप्रिया भन्दै चार महिनासम्म पूजा गरिन्छ । यो चार महिनाको समयलाई चतुर्मास भनिन्छ । यसैगरि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)मा तुलसीको विवाह गरेपछि हरिबोधिनी एकादशीमा चतुर्मास सकिन्छ ।
चतुर्मासमा (हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म) भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस समयमा शुभ कर्म अथवा मांगलिक कार्य गरिँदैन ।
वर्षभरिका एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीको विशेष महत्व रहेको छ । चतुर्मासभित्रका एकादशीको दिन काठमाडौँका चार नारायण र बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भीड हुने गर्दछ ।
तुलसीलाई आयुर्वेदिक औषधिका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । आयुर्वेद पद्दतिमा तुलसीको उपयोग भिन्न औषधि बनाउन प्रयोग गरिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार