Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालयुएसएड यात्रा सम्पन्न

युएसएड यात्रा सम्पन्न


काठमाडौँ । लुम्बिनी प्रदेशबाट शुरु भएको युएसएड यात्रा काठमाण्डौको कीर्तिपुरमा आएर सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)को दुई हप्ताअघि यात्रा शुरु गरेको थियो ।

यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट शुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाण्डौको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि हिजो कीर्तिपुरको पांगामा आयोजना गरिएको हो ।

विभिन्न कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफ लगायत मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए । खेलमा सहभागिता जनाउने अधिकांश युवाहरु तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शक सहभागी थिए ।

युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा शुरु गरिएको हो । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलो पटक गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT