Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिमलताल दुर्घटनाः १३ जनाको शव फेला, ८ जनाको सनाखत

सिमलताल दुर्घटनाः १३ जनाको शव फेला, ८ जनाको सनाखत


काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जना यात्रुको शव फेला परेका छन् ।

खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ । ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ ।

ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ । शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई यात्रुसहित पहिरोले त्रिशूली नदीमा बगाएको थियो ।

एन्जल डिलक्समा टिकट काटेका २७ जना भएपनि सम्पर्कमा आएका आफन्तका अनुसार थप ११ जना पनि रहेको खुलेको छ। बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, गौरतर्फ जाँदै गरेको गणपती डिलक्समा टिकट चलानमा २४ जना देखिएको र थप तीन जनाका आफन्त पनि सम्पर्कमा आएको गरी २७ जना रहेको खुलेको छ ।

दुईवटा बसमा ६५ जना सवार रहेकोमा गौरतर्फ जाँदै गरेको गणपती बसका ३ जना बच्न सफल भएका छन् ।रौतहटका नन्दन दास, जुगेश्वर राय र सरोजकुमार गुप्ता दुर्घटनामा परे पनि बच्न सफल भएका हुन् । बाँकी ६२ जनाको सोहीदिनबाट खोजिकार्य भइरहेको छ । प्रहरीले दुर्घटनास्थलभन्दा तल नदी किनारमा अहिलेसम्म १३ वटा शव फेला पारेको छ । ती मध्ये ८ जनाको सनाखत भइसकेको छ । सोमबार पनि तीनवटै सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT