Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनुषामा श्रीमान–श्रीमतीमाथि खुकुरी प्रहार

धनुषामा श्रीमान–श्रीमतीमाथि खुकुरी प्रहार


जनकपुरधाम। धनुषामा पति पत्नी माथि खुकुरी प्रहार भएको छ। धनुषाको मिथिला विहारी नगरपालिका– ६ सिरसियाका ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि शनिबार साँझ खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट दुबैजना गम्भीर घाइते भएका छन्। श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँ गाला र दाहिने हातमा काटिएको छ।

दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार साँझ ७ बजे श्रीमान श्रीमती घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका हुन्।
लट्टु मानसिक सन्तुलन ठीक नरहेको स्थानीयको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ

चितवन । चितवन पाटे बाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी

हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु

झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती

झापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउ

काठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका

Techie IT