Techie IT
२०८१ फागुन १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ: रवि लामिछाने

निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ: रवि लामिछाने


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरेका छन् ।

‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन्’, गृहमन्त्री लामिछानेले भने, ‘किनकी रिजल्ट आओस् अनि भनौ‍ला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’

गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको कार्य क्षमताको प्रशंसा गरे ।

लामिछानेले ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको सुनाए । ‘दुईपटक त मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भयो । त्यहाँका गृहमन्त्रीसँग भएको छलफल जतिखेर पनि जानकारी गराउन तयार छु’, लामिछानेले भने ।

आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT