गृहपृष्ठ ∕
नेपाल ∕
हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने क्रममा आफ्ना कुराहरु राख्दै गृहमन्त्रीले सो दाबी गरेका हुन् ।
सुशासनका काममा आफूलाई सहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए । गृहमन्त्रीले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो गरे । आफूहरू सन्तुष्ट नभए पनि तीन–चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।
‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो’ गृहमन्त्री लामिछानेले भने, ‘यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।
काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी
इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास