Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु


काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताए ।

चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै सिंहदरबारमा आज बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफलसमेत भएको छ ।

दुई वटा रात्रि बस पहिरोले बगाएको र ती बसको खोजी कार्य भइरहेको पनि गृह सचिव अर्यालले जानकारी दिए । उनले बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पनि यकिन नभएको बताए । बैठकले काठमाण्डौबाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका गाडीमा टिकट अनिवार्य गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित गर्न आवश्यक मापदण्ड बनाउने भएको छ । मौसम प्रतिकूल भएका जिल्लामा रात्रिकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर उपयुक्त निर्णय गर्ने तयारी छ ।

सचिव अर्यालले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुलाई पनि टिकट नलिइकन यात्रा नगर्न आग्रहसमेत गरेका छन् । उनले सुरक्षा निकायलाई विभिन्न ठाउँमा यात्रुवाहक बसमा कडाइका साथ जाँच गर्न आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT