गृहपृष्ठ ∕
नेपाल ∕
आँप टिपेको निहुँमा रौतहटमा युवकको हत्या, दुईजना पक्राउ आँप टिपेको निहुँमा रौतहटमा युवकको हत्या, दुईजना पक्राउ
काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र १९ वर्षीय रोशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ ।उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड र छुरा प्रहार गरेका थिए ।
मृतकका भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई कुटेका थिए । त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन