Techie IT
२०८१ कात्तिक २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालअरनिको राजमार्ग पुनः अवरुद्ध

अरनिको राजमार्ग पुनः अवरुद्ध


काभ्रेपलाञ्चोक । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए । धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको

सरकारी जागीरसँगै कालिज पालन

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी

तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना

यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण

Techie IT