Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले तीन वटा उद्योगको बिजुली काट्यो

बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले तीन वटा उद्योगको बिजुली काट्यो


काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेवापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटिदिएको छ ।

पटक पटक समय दिँदा पनि बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणकाअनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्सको ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

बक्यौता तिर्न नआएमा आज र भोलिमा अरु उद्योगको पनि बिजुली काटिने प्राधिकरणले चेतावनी दिएको छ । पटक पटकका विभिन्न समितिका सुझाव, संसदीय समितिको निर्देशन, प्राधिकरण बोर्ड बैठकको निर्णय लगायतका आधारमा प्राधिकरणले २०७२ सालको माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न एक्सेल सिटसहितको विवरण र टीओडी मिटरको विवरण समेटिएको पत्र पठाएको थियो ।

उद्योगीहरुले प्राधिकरणलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । पछिल्लो समय १५ दिनको समय दिएर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि पर्याप्त प्रमाण र तथ्याङ्कविनाको बिल आफूहरुलाई मान्य नहुने उद्योगीहरुले जवाफ फर्काएका थिए ।

प्राधिकरणले दिएको समय अस्ति सोमवार सकिएको छ । हिजो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् । विद्युत प्राधिकरणले निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक महसुल गणना समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले पत्र पठाएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT