Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाललुटेराको साथबाट एसएलआर बरामद

लुटेराको साथबाट एसएलआर बरामद


सुर्खेत । मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय मुगुले जेठ १२ गते राति बिष्णु बहादुर बुढासहित ७/८ जना व्यक्तिहरूको समुहले हातहतियारसहित गाउँमा गोली पड्काएर स्थानीयहरुलाई कुटपिट गर्नुका साथै डरत्रासमा राखेर लुटपाट गर्नेलाई सार्वजनिक गरेको हो ।

सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना, अन्दाजी ३५ तोला सुन, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति २ वटा, रिणमोक्षको मुर्ति वटा १, मुगाको माला अन्दाजी ९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार रुपैयाँ लुटपाट गरेको स्थानियहरुले प्रहरीमा जाहेरि दिएका थिए ।

घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिंहको कमाण्डमा प्रहरी खटाएर विभिन्न ७ वटा स्थानमा अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, कालिकोट, डोल्पा र हुम्ला प्रहरीसँग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाका अनुसार अनुसन्धानका आधारमा प्रतिवादी जुम्ला पातारासी गाउँपालिका–३ महरी गाउँका ३४ वर्षीया विष्णु बहादर बुढा, जुम्ला गुठीचौर गाउँपालिका–३ का आक्रोश, पर्से भन्ने गणेश भण्डारी र सोही ठाउँका, पुर्ण प्रसाद भण्डारी र वडा– ४ का कमल थापाको संलग्नता रहेको जानकारी दिए ।

उनीहरूबाट विभिन्न सामानहरु बरामद गरिएको छ । जसमा सुनको रिङ र माडुली २ थान जुम्लामा बिक्रि गरिसके पश्चात जिल्ला प्रहरी कार्यालय जुम्ला मार्फत बरामद गरेर दाखिला गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यस्तै, असार २१ गते जुम्लाको पातारासी गाउँपालिका– ३ चुनेकाँध भन्ने स्थानको ढुङगाको ओढारमा लुकाएर राखेको अवस्थामा एसएलआर १ थान डबल स्कु निकाली हतियारलाई दुई भागमा टुक्राई पाठ पुर्जाहरू अलग अलग पारिएको ऐ।को म्याग्जिन २ थान ऐ।को गोली २५ राउण्ड, कटुवा पेस्तोल १ थान , झोला १ थान, कम्ब्याट रंगको रेनकोट ५ जोडी, कालो रंगको सल कपडा १ थान, हैण्डसेट ३ थान र बाईना कुलर १ थान बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुको पहिचान गर्नुका साथै खोज तलास कार्य तिब्रता रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

उनका अनुसार घटनाको प्रकृती र हालसम्मको अनुसन्धानका क्रममा खुल्न आए बमोजिम घटनालाई डाँका चोरी, हातहतियार र संगठित अपराधतर्फ अनुसन्धान अगाडी बढाईएको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT