गृहपृष्ठ ∕
नेपाल ∕
सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी

फाइल फाेटाे
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।
पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले बताए ।
पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उनले बताएका छन् ।
प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी