Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता


काठमाडौँ । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेज पर्ने सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको अनुमान गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारीको कामलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । प्रशासनले कोशीमा डुङ्गा चलाउन र माछा मार्न रोक लगाएको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा केही दिनयता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ । सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्षयता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ ।

भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । ढोका खोल्न ढिला हुँदा बर्सेनि नेपाली भू– भाग डुबानमा पर्ने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT