Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिता

रविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिता


काठमाडौँ । साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य पनि थिए ।

प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । बागलुङका गौतम मनिष द्वितीय, पर्वतका विवेक पराजुली तृतीय र पर्वतकै सजिना पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।

प्रथम भएका बस्यालले ११ हजार एक सय ११ , द्वितीय भएका मनिषले आठ हजार आठ सय ८८, तृतीय पराजुलीले छ हजार छ सय ६६ र सान्त्वना पौडेलले चार हजार चार सय ४४ नगदका पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा ४३ जनाले कविता पठाएकोमा अन्तिम छनौटमा परेका २२ जनाले मात्र कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रा. डा. जगन्नाथ रेग्मी , उप प्राध्यापक निर्मल सापकोटा र प्राज्ञ छन्दिका त्रिपाठी थिए ।

प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले भूमिगतकालमा अधिकारीको घरमा आफूले पटक पटक सेल्टर लिएको र उनबाटै कला साहित्यप्रतिको आफ्नो रुचि निर्माण भएको स्मरण गरे।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि साहित्यकार अधिकारीको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए ।

प्रा. डा रविलाल अधिकारीका छोरा हाल राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशका प्रमुख समेत रहेका प्रमोद अधिकारीले बुवाका स्मृति ग्रन्थ प्रकाशनमा ल्याउने तयारीमा रहेको कार्यक्रममा जानकारी दिएका थिए ।

महासंघ अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, सञ्चालन गण्डकीका महासचिव छवि सुवेदीले गरेका थिए ।

वि.सं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो । साहित्यकार अधिकारीको सम्झनामा महासंघले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने गर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT