Techie IT
२०८१ असार १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस

प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ ।

गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो । आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो ।

प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ । त्यसअघि उनलाई काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए । भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौँ ल्याइएको बुझिएको छ । झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दाङको बबई नदीमा एक महिला बेपत्ता

दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– १४ की २०

रविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिता

काठमाडौँ । साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने…

काठमाडाैँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा श्रम, रोजगार तथा

Techie IT