Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाललालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


काठमाडौँ । ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।

पत्रकार सम्मेलनमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको बताए । लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको उनले बताए ।

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमाथि गएको चैत ९ गते जिल्ला प्रहरी परिसरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT