Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालदलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित

दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधि र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगर सभा बैठक बोलाउनुभएको थियो । गएको सोमवारको नगर सभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई शाहले स्वीकार गर्नुभएको थिएन । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

मेयरले शाहले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाउनुभएको छ । उहाँले दलका प्रतिनिधिले सम्बन्धित दलका नेताहरूको नामबाट करोडौँको कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको र आफूले स्वतन्त्र शहीदहरूको नामबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदा बैठक स्थगित भएको दाबी गरेका छन् ।

दलका प्रतिनिधिले भने बिहान ८ बजे बोलाइएको बैठकमा मेयर शाह साढे १० बजेसम्म नआएपछि आफूहरू फर्किएको दाबी गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT