Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा

बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा


मोरङ । लगातारको वर्षापछिको पानीले निकास नपाउँदा विराटनगर जलमग्न भएको छ । गए रातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित बनेका छन् ।

डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।

महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् । स्थानीय वासु भण्डारीकाअनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै बस्ती नै डुबानमा परेको हो ।

उनकाअनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुई तलामा पानी छिरेको छ । यसक्षेत्रका अधिकांश घरको भुइँतलामा दुई फिटसम्म पानी जमेको छ ।

वडा ३ कै पिपल चोकको प्रताप मार्गको सडक निमार्ण गर्नेक्रममा सडक भन्दामाथि नाली निर्माण गरिँदा त्यहाँका सय भन्दाबढी घर डुबानमा परेको स्थानीय पिताम्बर बजगाईंले जानकारी दिए । उनले भने, ‘सडक तल र नाली माथि निर्माण गरेर निकास बन्द गर्दा यहाँका सबै घरको भुईं तलामा तीनफिटसम्म पानी जमेको छ ।’

विराटनगर–४ अन्तर्गत एयरपोर्ट क्षेत्रसहित रामजानकी टोल, रेग्मी समाज टोल र कुमारी राइसमिल आसपासको बस्ती डुबानमा परेको छ । वडा नं ६ को वरमपुराका ६ सय भन्दा बढी घर डुवानमा परेको वडा अध्यक्ष अक्षय सहनीले बताएका छन् ।

उनका अनुसार स्थानीय बस्ता खोलाको पानी बस्तीमा पस्दा घर डुबानमा परेका हुन् । वडा नं ११ को जनपथ र मडी टोलका अधिकांश घर डुबानले प्रभावित बनेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले वताए । वडा नं ८ को सरस्वती टोल डुबानमा परेको छ ।

महानगरको वडा नं १५, १६, १७ र १८ का मिल्स एरिया, लंका, दरैया, दामागिरी र स्लामपुर सहितका अधिकांश बस्ती डुबानले प्रभावित भएको इप्रका रानीका प्रहरीनिरीक्षक प्रकाश थापाले बताए । महानगर जलमग्न भएको बताउँदै मेयर नागेश कोइरालाले एशियाली विकास बैंक लगायत विभिन्न दातृ निकायको सहयोगमा सडक र नाला निर्माण गरिँदा पानी निकासको विकल्प नखोजिएका कारण महानगरमा हरेक वर्ष डुबानमा पर्दै आएको दाबी गरे ।

सडक र नाला त बनाइयो तर पानीको निकासबारे कसैले पनि ध्यान नै दिएनन् । कोइरालाले भने बिनायोजना गरिएको विकास निर्माणले महानगरवासीले आकासे पानीमै डुबानको सास्ती खेप्नु परेको छ । डुवानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द रहेको प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवालले बताए । महानगरले पनि डुबानको अवस्था हेरेर विद्यालय खोल्न निर्देशन दिएको मेयर कोइरालाले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT