Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालराजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी

राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हालै गरेको आठ देशका लागि नेपाली राजदूतको सिफारिस मेरिटको आधारमा गरेको दाबी गरेका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतमा सिफारिस गरिएकाहरू कुनै पार्टी विशेषको भागबण्डाका आधारमा नगरिएको समेत जनाए । ‘अहिले योग्य मान्छे दिनपर्‍यो भनेको हो । कति मेरिटमा परे परेनन् त्यो थाहा होला । कति म्यानपावरसँग जोडिएका छन् भन्ने प्रश्न उठेको छ, यो प्रश्नका विषयमा गम्भीर छलफल गरेर नियुक्ति सच्याइन्छ । मेरिटको आधारमा यो अगाडि बढोस् भन्ने चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

राजदूत सिफारिस गर्दा ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिका आधारमा गरिँदै आएको उनले बताए । सत्ता र बाहिरका दलहरूले भागबण्डाको आधारमा राजदूत सिफारिस गरेको भन्ने आरोप लगाउँदा आफूलाई नमिठो लागेको उनले सुनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT